११ बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ ।

Logo
एजेन्सि प्रकाशित सोमबार, पुष २३, २०८०

जापानमा अघिल्लो सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ ।

इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म एक सय ६१ जनाको शव भेटिएको हो । अझै एक सय तीन जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा राहत वितरणमा समस्या भइरहेको छ । भूकम्पका कारण झन्डै एक हजार वटा पहिरो गएकोले धेरै ठाउँको सडकमा अवरोध भएको हो । पछिल्लो दुई दिनयता भूकम्प प्रभावित क्षेत्रमा हिउँ परेको छ भने केही क्षेत्रमा ठूलो वर्षा भएको छ ।

 

सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० वर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि अस्ति शनिवार उद्धार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]