२७ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

कक्षा १२ को नतिजा: झण्डै ७ हजार विद्यार्थीले ल्याए ४ जीपीए

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन ३०, २०८०

काठमाडौं । कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । याे वर्ष नतिजामा सुधार भएकाे बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाल गायक सचिन परियारको आज बिहान १० बजे नै निधन भएको खबर उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । सचिन केही हप्ता देखि बिरामी थिए।

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित […]

सुर्खेत ।   दैलेखको ठाटिकाँध गाउँपालिकामा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम […]