११ बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष १२, २०८०

दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् ।

गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउनुहुन्छ ।

उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ, चौदण्डीगढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र बर्खायाममा सहजै देख्न पाइने दुर्लभ पक्षी हुचिल हिजो आज देख्न नै मुश्किल रहेको स्थानीय बासिन्दा बताउँछन् ।

‘दश, बाह्र वर्ष अगाडिसम्म हिउँद/वर्षा दुवै याममा गाउँघरमा रुख–रुख बसेर कराउने गर्थे, तर हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ’ चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले भन्नुभयो,‘ आजकल हुचिलको आवाज नै सुनिँदैन ।’

पछिल्ला वर्ष हुचिल मात्रै नभएर अरु पक्षीहरू पनि समस्यामा पर्दै गएका नेपाल पक्षी संरक्षण सङ्घका उपाध्यक्ष एवम् चराविद् विमल थापाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]