
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले आइतबार प्रधानमन्त्रीलाई भेटी औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री ओली मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत जाने क्रममा प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन्। प्रदेशसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई विशेष सम्बोधनको अनुमति दिने व्यवस्था रहेको सचिव जीवनराज बुढाथोकीले जानकारी दिए।
प्रदेश सरकारले औपचारिक पत्र भने सभामा पठाइसकेको छैन। प्रदेशसभाको पहिलो कार्यकालमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पनि विशेष सम्बोधन गरेका थिए।