१३ बैशाख २०८२, शनिबार
26-04-2025 , Sat
×

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह एकैसाथ हेर्न सकिने

Logo
Janak Dc प्रकाशित बिहिबार, फाल्गुण १५, २०८१

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

आगामी २८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् ।

कसरी हेर्ने यो दुुर्लभ दृष्य ?

फेब्रुअरी २८ को बेलुका सूर्यास्तपछि शनि, बुध, शुक्र, मंगल, बृहस्पती, अरुण तथा बरुणलाई आकाशमा सिधा एकैसाथ देखिनेछ । यीमध्ये बुध, शुक्र, बृहस्पती र मंगललाई नांगो आँखाले नै देख्न सकिनेछ । त्यस्तै अरुण र बरुण ग्रहलाई चाहिं सामान्य दूरबिन तथा टेलिस्कोपको प्रयोग गरेर हेर्न सकिनेछ। तर, शनि ग्रहलाई देख्न भने निकै कठिन हुनेछ र तपाईंले आफ्नो निश्चित अवस्थितिको लागि निश्चित समय पत्ता लगाउनु पर्नेछ र सोही समयमा मात्र शनी ग्रहरलाई पनि सँगै देखिनेछ ।

सातै ग्रहलाई हेर्नका लागि तपाईं सही समय र स्थानमा हुनुपर्नेछ । ग्रहहरुको उदय र अस्त हुने समय तथा उनीहरुको आकाशीय स्थान हाम्रो पृथ्वीको अवस्थितिमा निर्भर गर्दछ । तपाईंले अनलाइन टूल्सको प्रयोग गरेर ग्रहहरु देखिने सही समय तथा स्थान थाहा पाउन सक्नुहुनछ ।

यसका लागि तीनवटा निकै उपयोगी अनलाइन टूल रहेका छन, जसमा तपाईंले उक्त खगोलीय दृष्य देख्न पाउनुहुनेछ । ती, Time and Date, Stellarium / Sky Tonight रहेका छन् । Time and Date एउटा अन्तरक्रियात्मक टूल हो, जसले तपाईंलाई खगोलीय दृष्य हेर्नका लागि मिति तय गर्ने अनुमति दिन्छ । यसमा तपाईंले प्रत्येक ग्रहको उदय तथा अस्तको समय, आकाशमा कहाँ देख्न सकिन्छ भन्ने कुरा समेत थाहा पाउन सकिन्छ ।

स्टेलेरियम एउटा वेब टूल हो जसले सबै ग्रहको स्थिति देखाउँछ । त्यसैगरी स्काइ टुनाइट चाहिं एउटा नि:शुल्क मोबाइल एप हो । यसले तपाईंको फोनको हार्डवेयर प्रयोग गरेर तपाईंको स्थानको अनुमान लगाउँछ र आकाशमाथिको एक नक्शामा खगोलीय पिण्डको वास्तविक स्थिति देखाउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एउटा निजी अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको छ, जुन चन्द्रमाको सतहमा पुग्ने दोस्रो व्यावसायिक यान बनेको छ। अमेरिकी फर्म Firefly Aerospace ले पृथ्वीबाट देखिने विशाल क्रेटर, Sea of Crises अन्वेषण गर्ने उद्देश्यले प्रक्षेपण गरेपछि, Blue Ghost जनवरी १५ मा पृथ्वीबाट निस्कियो। यो परियोजना अमेरिकी अन्तरिक्ष एजेन्सी NASA र निजी कम्पनीहरूको पछिल्लो सहकार्य हो। अर्को फर्म […]

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले आइतबार प्रधानमन्त्रीलाई भेटी औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओली मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत जाने क्रममा प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन्। प्रदेशसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई विशेष सम्बोधनको अनुमति दिने व्यवस्था रहेको सचिव जीवनराज बुढाथोकीले […]

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ आगामी २८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् । कसरी हेर्ने यो दुुर्लभ दृष्य ? फेब्रुअरी […]