०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

दैलेख जिल्लामा आठवटा झुलेङ्गे पुल को निर्माण हुँदै, कुन पालिकामा कति पुल बन्दैछन् ?

Logo
Janak Dc प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

दैलेख – अबको चार महिनाभित्र दैलेखका ८ ठाउँमा झोलुङ्गे पुल बन्ने भएका छन् । दैलेखको आठबीस नगरपालिका–१ चिनेखोलामा लयाँटा–झुज, वडा नं. ९ को छेपाडी र भकभके भन्ने ठाउँमा एक–एक वटा झोलुङ्गे बन्नेछन् । महाबु गाउँपालिका–३ बाँसीको तिपेडीमा पनि झोलुङ्गे पुल बनाइँदैछ ।

भैरबी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउलामा पनि एउटा झोलुङ्गे पुल बन्ने भएको छ । नारायण नगरपालिका–१० भवानीमा त्रिबेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा यो असार १५ गते अगावै झोलुङ्गे बनाई सक्ने योजना छ ।

झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानहरुको प्रयोगात्मक अभ्यास गराउन यी आठै ठाउँका उपभोक्ता समितिका दुईदुई जना पदाधिकारी र एक जना मिस्त्री समेत २८ जना सहभागीलाई लाई दैलेख सदरमुकाममा फागुन ४ गतेदेखि आइतबारसम्म ८ दिनको झोलुङ्गे पुल निर्माण सम्बन्धी नमूना अभ्यास तालिम दिइयो ।

झोलुङ्गे पुलका लागि प्रयोग हुने फुटवाक, ह्याण्डमेल स्याडल फलामे लठ्ठा, फलामे लठ्ठा अड्याउन माटो भएकोतिर डेटमेन र ढुङ्गाको चट्टान भेटिएकोतिर ड्रम सेट लठ्ठा बाँधेर अड्यायो । लठ्ठा बाँधेर डेटमेन र ड्रम जमिनको सतहमा राखी माथिपट्टि ढुङ्गाको पर्खाल लगाएर च्यापियो ।

फुटवाक र ह्याण्डमेल स्याडल अर्थात लठ्ठा कसेर सकिए लगतै तल माथिका लठ्ठालाई सन्तुलित राख्न हुक, एंगल रड बिछ्याई सकेर मानिस हिंड्न मिल्ने स्टीलडेक पनि कस्ने काम पनि प्रयोगात्मक रुपमा सबै सहभागीलाई प्रत्यक्ष काम गराएरै अभ्यास गराइएको छ ।

नमूना झोलुङ्गे पुलमा पनि सहभागीले ढुंगा बोक्ने, गिट्टी कुट्ने काम, बालुबा चाल्ने, ढुङ्गा काटेर आकार दिने, सिमेण्ट मोल्ने कामदेखि पर्खाल लगाउने काम सबै सहभागीहरुको सक्रियता पूर्वक गरे अनि नमूना झोलुङ्गे पुल निर्माण भयो । नमूना मात्रको भएकोले यो साढे पाँच मीटर लामो बनाइएको थियो ।

वारीपारी पाखा परेको, बीचमा खोला जस्तै खाल्डो परेको ठाउँ झोलुङ्गे पुल आवश्यक भएकै जस्तो प्राकृतिक अवस्थिति भूबनौटले मागे अनुसारको डेटमेन र ड्रम सेटमा लठ्ठा कसेको, फुटवाक स्टीलडेक अड्याउने काम त्यही आठ दिनको झोलुङ्गे पुल निर्माण अभ्यास तालिमको क्रममा तयार पारिएको हो ।

साढे पाँच मीटर लामो, तलमाथिका फलामे लठ्ठा सन्तुलन राख्ने एक ३५ सेण्टीमीटर उचाइँको हुक रड, स्टीलडेकलाई कस्ने एंगल रड समेत आधा मीटरको थियो । झोलुङ्गे पुल निर्माणको विधि सिकाउन र अवधारणा विकास गराउन सानो आकारको झोलुङ्गे पुल बनाइएको प्राविधिकहरुको भनाई छ ।

कर्णाली प्रदेश सरकारको लगानी तथा पुर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी)को सहकार्यमा तालिमको सहजीकरण गरिएको थियो । उपभोक्ता समिति मार्फत कार्यान्वय गर्न लागि अगाडि बढेको आरडीएससीका कार्यक्रम संयोजक नविनकुमार शर्माले जानकारी दिनुभयो ।

ती आठ वटा झोलुङ्गे पुलका लागि दुई करोड तीस लाख रुपँया वजेट विनियोजन भएकोमा डिटेल सर्भेपछि थप रकम सुनिञ्चित गरिएको र तोकिएको समयमा योजना सम्पन्न हुने पुर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

झोलुङ्गे पुलका लागि प्रयोग हुने सामग्री, बनाउने विधि बारे अभ्यास तालिमले प्रयोगात्मक ज्ञान दिएको भकभके झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष छिताराम बिकले बताउनुभयो । महाबु–३ बाँसीकी मञ्जु बिष्टले पनि तालिमले आफ्नो ठाउँमा बनाइन सहज हुने अनुभूती सुनाउनुभयो ।

२०८२ असार १५ सम्म योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखेर कार्यलाई तिव्रताका साथ गुणस्तरमा कुनै कमी नगराई योजनाको कार्यान्वन गर्न लागेको पुर्वाधार विकास कार्यालय दैलेखका इन्जिनियर नविन आचार्यले जानकारी दिनुभयो ।

दैलेख जिल्लामा हालसम्म झण्डै दुई सयको संख्यामा झोलुंगे पुल निर्माण गरिएका र अझै धेरै स्थानमा झोलुङ्गे पुलहरु बनाउन स्थानीय समुदायबाट माग भई आउने गरेको छ । झोलुङ्गे पुलको अभावमा वर्षेनी कैयौं मानिसहरुको ज्यान जाने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।