०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

केही दिन यता स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा

Logo
Janak Dc प्रकाशित मंगलबार, फाल्गुण १३, २०८१

सुर्खेत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई विगत पाँच दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी हुन् ।
ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल भर्ना भएरै उपचार गराइरहेकी हुन् । भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न चिकित्सकहरूले सुझाव दिएका हुन् ।

अहिले क्रमिक रूपमा सुधार आइरहेको मन्त्रीको सचिवालयले जनाएको छ । उनमा क्षयरोगको समेत आशंका गरिएको थियो । तर, परीक्षणको क्रममा क्षयरोगको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज बिहान अस्पताल पुगेका थिए । अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।अस्वस्थ भएपछि मन्त्री भट्टराई घरमै रेस्ट गर्दै आएकी थिइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८१ चैत २५ गते सोमबार इ.सं. : 7th April 2025 (Monday) सूर्योदय: बिहान ०५:५० बजे सूर्यास्त: बेलुका १८:२४ बजे तिथि : दशमी २३:२७ सम्म, तत्पश्चात् एकादशी पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : तिष्य १०:१७ सम्म, तत्पश्चात् अश्लेषा योग : धृति २१:४० सम्म, तत्पश्चात् शूल करण : तैतिल ११:३३ सम्म, तत्पश्चात् […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।