०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

माओवादी केन्द्रले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

Logo
HeroNepal-tv प्रकाशित बुधबार, माघ ०२, २०८१

काठमाडौँ  । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।

सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलबारको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाले सरकारको आयु छोटिँदै गएको जिकिर गरेका थिए । यो सरकार टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेको पनि प्रचण्डले बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]