१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

बन्द रहेकाे  मलेसिया रोजगारी पुन: खुल्ला

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, मंसिर २५, २०८१

मलेसिया : बिगत लामो समयदेखि बन्द रहेकाे  मलेसिया रोजगारी नेपाली हरुको लागि पुन: खुल्ला भएकाे छ । मलेसियास्थित नेपाली दूतावासले शुक्रवार र सोमवार फेल्डा प्लान्टेसनलगाएत विभिन्न प्लान्टेसन र अन्य कम्पनीहरुको गरि जम्मा १७८० जनाको मागपत्र अनलाइन गरेपछि मलेसियामा नेपालीका लागि रोजगार खुला भएको हो ।

समान्यतया फेल्डा प्लान्टेसनल भन्नेवित्तिकै तेलकाे बुटा राेप्ने भन्ने बुझिन्छ तर मलेसियाकाे हिसाबमा मलेसियामा उत्पादन गरिने तेलकाे लागि प्राय मलेसियाकाे ठुलाे क्षेत्रफलमा …. नामक बिरूवा राेप्ने गरिन्छ र तेसकाे गाेडमेल ,हेरचाह,तेसमा फलेकाे फलहरू संकलन गरि तेल उत्पादन गरिन्छ । फेल्डा प्लान्टेसनलमा काम गर्नेहरूले प्राय खुला अाकासमै  काम गर्नुपर्नेछ ।

 

मलेसिया र नेपाल दुई देशबीच अक्टोबर २९, २०१८ मा भएकाे श्रम समझदारी कार्यान्वयन गर्ने सहमति पछि त्यस् पश्चात् मलेसिया खुल्ने र बन्द हुने क्रम जारीनै रहेको थियो। अब भने मलेसियाका रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्न सक्ने दूतावासले जनाएको छ ।

मलेसियाका राेजगारदाता कम्पनिकाे मागपत्र नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेबसाईटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।

हाललाई सिमित छेत्रमा मात्रै कामदारको माग भएको छ दूतावासमा आएका मागपत्रहरु अनुगमन छानबिन गरेर अनलाइन प्रमाणीकरण गरिएको दुताबासले जनएकाे छ ।

कामदारलाई सुन्य लागतमा मलेसिया ल्याउने दुई देशको सहमति भएपनी सरकारी निकायको लापरबाही र मेनपावर ब्याबसायीहरुको एक-आपसमै रहेकाे जुधाईले कामदारहरु लाखौ तिरेर मलेसिया आउन बाध्य भएका थिए ।

यसै बिचमा खुलेको मलेसिया रोजगारीले कामदारहरु पहिलाको भन्दा पनि बढी रकम तिरेर आउनुपर्ने बाताबरण सिर्जना भएको छ । अहिले मलेसियन दूतावासले फेल्डा प्लान्टेसनको विभिन्न मेनपावरहरुलाई १२००,अन्य प्लान्टेसन कम्पनीको ५८० गरि १७८० कामदारको मागपत्र अनलाइन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]