०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

एनपिएलमा कर्णाली याक्सले निकाल्यो दोस्रो जित

Logo
प्रकाशित शनिबार, मंसिर २२, २०८१

सुर्खेत । एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई हराउँदै दोस्रो जित हासिल गरेको छ ।शनिबार भएको रोमाञ्चक खेलमा भएका खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो । विराटनगर किंग्सको भने यो तेस्रो पराजय हो । कर्णालीले दिएको १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको विराटनगर पुरै ओभर खेलेर ८ विकेट गुमाएर १२६ रनमा समेटियो ।

विराटनगरका लागि निकोलस किर्तनले रन बनाए । ओपनर लोकश बमले १९ र दीपक बोहराले १८ रन बनाए । कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले २ तथा विलियम बोसिस्टो र यूनिस ठकुरीले १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले अन्तिम बलमा अलआउट हुँदै १३३ रन बनाएको थियो ।
कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले ।विलियमले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । देव खनालले ४८ बलमा ४ चक्का र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । शिखर धवनले ५ रन जोडे । अन्य खेलाडीले दोहोरा अंक छुन सकेनन् । विराटनगरका लागि प्रतिश जिसीले ४, क्रिश सोल र बसिर अहमदले २ तथा अकिब इलियासले १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।