०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

विवादमा एनपीएलः स्टार स्पोर्ट्ससँग अवैधानिक सम्झौता गरेको भन्दै आपत्ति

Logo
HeroNepal-tv प्रकाशित बुधबार, मंसिर ०५, २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्ससँग भएको सम्झौतामा नेपालका कम्पनीहरूले आपत्ति जनाएका छन् ।

हालै क्यानले भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने गरी सम्झौता गरेको थियो । स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग आइपीएल लगायतका ठूला अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितको पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

सोहीअनुसार नेपाली क्रिकेटको विश्वजगतमा प्रचार गर्ने उदेश्यले क्यानले स्टार स्पोर्ट्ससँग ठूलो रकममा सम्झौता गरेको हो । तर, सञ्चार तथा विज्ञापन क्षेत्रका नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हित विपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् ।

एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ । तर, यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।

नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केही अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । बिनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ । नेपाली उत्पादन, प्रसारण तथा बजार व्यवस्थापक संस्थाको राष्ट्रिय खेलकुद प्रतियोगता उत्पादन प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापन गर्ने हक र अधिकारबाट बञ्चित समेत गरेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय रूपमा नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिगमा नेपाली विज्ञापन एजेन्सी, कार्यक्रम उत्पादक र टेलिभिजन प्रसारकलाई किन अवमूल्यन गरियो भन्ने प्रश्नको जवाफ क्यानले नेपाली खेलप्रेमी र खेल जगतलाई दिनुपर्ने उनीहरूको माग छ ।

नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्स मार्फत प्रत्यक्ष प्रसारण गर्ने उद्घोष गरिरहँदा नेपालमा अहिले स्टार स्पोर्ट्सको अधिकारिक प्रसारण बन्द रहेको अवस्थामा छ । यस्तो अवस्थामा किन, कसरी र कुन उद्देश्यले क्यान जस्तो राष्ट्रिय सार्बजनिक सस्थाले प्रसारण नै बन्देज रहेको एउटा विदेशी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको होला ? प्रश्को जवाफ मात्रै होइन वैधानिकतामा पनि नेपाल क्रिकेट संघ चुकेको उनीहरूको आरोप छ ।

नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदै छ । एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुन लागेको हो । उद्घाटनमा भने विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल हुने भएको छ । सबै टोलीले विदेशी खेलाडी पनि भित्र्याइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।