१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

अल्लु अर्जुन स्टारर बहुप्रतीक्षित ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित आइतबार, मंसिर ०२, २०८१

काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । नेपाल सीमावर्ती भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरियो ।

सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको हो । सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर अर्थात् २० मंसिरमा रिलिज तयारीमा छ ।

यो एक्सनप्रधान ट्रेलरमा अल्लु अर्जुन पुष्पराजको भूमिकामा छन् । एक्सन फिल्ममा रुचि राख्ने अल्लु अर्जुनका फ्यानलाई यो ट्रेलरले अवश्य उत्साह प्रदान गर्नेछ । फिल्ममा अल्लु अर्जुन एन्टीहिरो चरित्रमा छन् ।

यो फिल्मको अघिल्लो भागले नेपालमा समेत उछाल कमाइ गरेको थियो । दोस्रो भागले विश्वभर आक्रामक कमाइ गर्ने विश्लेषण भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]