०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

प्रदेश अस्पताल सुर्खेतमा निर्देशक रूपमा डा. केशर ढकाल नियुक्त

Logo
Janak Dc प्रकाशित शनिबार, मंसिर ०१, २०८१

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निर्देशकका रुपमा डाक्टर केशर ढकाल नियुक्त भएका छन् ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले डाक्टर ढकाललाई नियुक्त गरेको हो ।
यसअघि निर्देशकका रुपमा रहेका डाक्टर डम्बर खड्काको अवकाश भएसँगै निर्देशक पद रिक्त थियो ।

प्रदेश सरकार मातहत रहेको अस्पतालको निर्देशकका लागि सामजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत मेडिकल सुपरिटेण्डेण्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशकमा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
थापा संघबाट कामकाजमा खटिएका डाक्टर हुन् भने ढकाल प्रदेशमै समायोजन भएका डाक्टर हुन् ।

डाक्टर ढकाल अस्पतालमै कन्सलटेन्ट अब्स्ट्रेटिसियन/गाइनोकोलोजी प्रमुखरुपमा कार्यरत थिए । उनी ११ औँ तहका डाक्टर हुन् । वीरेन्द्रनगर निवासी ढकाल नेपाल चिकित्सक संघ कर्णाली प्रदेश संयोजक हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]