०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

कर्नाटकसँग पाँच खेलको सिरिज खेल्दै नेपाल यू-१९ क्रिकेट टिम

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, कार्तिक २७, २०८१

काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँग पाँच खेलको सिरिज खेल्ने भएको छ ।

एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा तयारी स्वरूप ओडि सिरिज खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपाल यू-१९ र कर्नाटक यू-१९ टोलीबीच यही नोभेम्बर १३ देखि २१ सम्म मूलपानी मैदानमा खेल हुनेछ ।

पहिलो खेल नोभेम्बर १३ मा हुनेछ । यस्तै दोस्रो खेल नोभेम्बर १५ मा, तेस्रो खेल नोभेम्बर १७ मा, चौथो खेल नोभेम्बर १९ मा र पाँचौँ तथा अन्तिम खेल नोभेम्बर २१ मा हुनेछ ।

नेपालले यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुने एसीसी यू-१९ एसिया कप खेल्दैछ । क्यानले त्यसका लागि हेमन्त धामीको कप्तानीमा १८ सदस्यी टोली घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।