०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
×

तिहारको तेस्रो दिन कुकुरलाई माला लगाई पूजा गरिँदै

Logo
Janak Dc प्रकाशित बिहिबार, कार्तिक १५, २०८१

सुर्खेत। नेपालीको दोस्रो ठूलो महान चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना सहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज देशभरका शिवालयमा महाशिवरात्रि पर्व धूमधामका साथ मनाइँदैछ। भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा श्रद्धाभक्तिपूर्वक मनाउँछन्। पशुपतिनाथ मन्दिरमा विशेष चार प्रहर पूजा आयोजना गरिएको छ, जसमा भक्तजनहरूको ठूलो भिड लागेको छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा भक्तजनहरूले उपवास बस्ने, जाग्राम गर्ने, र शिवजीलाई […]

सुर्खेत । भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । बुधबार काग […]

सुर्खेत। नेपालीको दोस्रो ठूलो महान चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना सहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य […]