०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने

Logo
HeroNepal-tv प्रकाशित सोमबार, कार्तिक १२, २०८१

दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ ।

वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ ।

प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी दिए । “घरेलु तथा साना उद्यम गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्नका लागि रात्रिबजार आयोजना गर्न लागेका हौँ”, उनले भने, “रात्रिबजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ । रात्रिबजारमार्फत स्थानीय रूपमा वस्तु तथा सामानको बजारीकरणमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ ।”

रात्रिबजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायतका सरसामानका स्टल पनि राखिने आयोजकले जनाएको छ । अध्यक्ष खेतानले कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा भने विशेष सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ वैशाख ४ गते बिहिबार इ.सं. : 17th April 2025 (Thursday) सूर्योदय: बिहान ०५:३९ बजे सूर्यास्त: बेलुका १८:२९ बजे तिथि : चतुर्थी १२:३० सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ज्येष्ठा २९:३२ सम्म, तत्पश्चात् मूल योग : वरियान् २२:३३ सम्म, तत्पश्चात् परिघ करण : बालव १२:३० सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ वैशाख ३ गते बुधबार इ.सं. : 16th April 2025 (Wednesday) सूर्योदय: बिहान ०५:४० बजे सूर्यास्त: बेलुका १८:२९ बजे तिथि : तृतीया १०:५५ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : अनुराधा २७:३८ सम्म, तत्पश्चात् ज्येष्ठा योग : व्यतीपात २२:२९ सम्म, तत्पश्चात् वरियान् करण : विष्टि १०:५५ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ वैशाख २ गते मङ्गलबार इ.सं. : 15th April 2025 (Tuesday) सूर्योदय: बिहान ०५:४२ बजे सूर्यास्त: बेलुका १८:२८ बजे तिथि : द्वितीया ०९:०२ सम्म, तत्पश्चात् तृतीया पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : विशाखा २५:२३ सम्म, तत्पश्चात् अनुराधा योग : सिद्धि २२:०७ सम्म, तत्पश्चात् व्यतीपात करण : गर ०९:०२ सम्म, तत्पश्चात् […]