०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आजअमेरिकासँग खेल्दै

Logo
HeroNepal-tv प्रकाशित आइतबार, कार्तिक ११, २०८१

काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्ने छ।

नेपाल आईसीसी विश्वकप लिग-२ को अङ्कतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ। एउटा खेल वर्षाका कारण हुनसकेको थिएन।

अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ। स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ।

आईसीसी विश्वकप लिग- २ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।