०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

कैलालिको घोडाघोडिमा नगर कप क्रीकेट प्रतियोगिता सुरु

Logo
प्रशान्त डि सि प्रकाशित शनिबार, कार्तिक १०, २०८१

१० कार्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा घोडाघोडी नगर कप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । ‘व्यक्तित्व विकास पारस्परिक सहयोग,राष्ट्र र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता सुरु भएको छ । वीरेन्द्र स्पोर्ट एकेडेमीका अध्यक्ष राजन मल्लको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दे नगर प्रमुख रावतले गाउँ गाउँमा रहेको खेलाडीहरूको प्रतिभा एवम् कला देखाउन यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । पालिकाले जुन सुकै खेल विद्याको क्षेत्रमा भौतिक,नैतिक र आर्थिक सहयोग रहँदै आएको उनले बताए । अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा मै देशको पहिलो नगरपालिका स्थापित हुन सफल भएको उनको भनाई थियो । यस्ता खेलहरूले युवा वर्गको स्फूर्ति बढ्नुका साथै मनोरञ्जन पनि हुने उनको धारणा रहेको थियो ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद १० हजार सहित ट्रली र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल निम्दीमा रहेको सरस्वती आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

कात्तिक १० गते बाट सुरु भएको खेल १७ गते समापन हुने आयोजक संस्था वीरेन्द्र स्पोर्ट एकेडेमीले जनाएको छ । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष हरिस चन्द्र शाह, वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष रमेश कुमार चौधरी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशान्त क्षेत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

सुर्खेत । एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई हराउँदै दोस्रो जित हासिल गरेको छ ।शनिबार भएको रोमाञ्चक खेलमा भएका खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो । विराटनगर किंग्सको भने यो तेस्रो पराजय हो । कर्णालीले दिएको १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको विराटनगर पुरै ओभर खेलेर ८ विकेट गुमाएर १२६ रनमा समेटियो । विराटनगरका […]

पाल प्रिमियर लिग (एनपीएल) को उद्‌घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई फ्रेन्चाइज टिम विराटनगर र जनकपुरबीचको खेल सवा १२ बजेदेखि सुरु हुनेछ । उक्त खेल हेर्न क्रिकेट मैदानमा दर्शकको ओइरो लागेको छ । खेल सवा १२ बजेदेखि सुरु हुने भए पनि बिहानैदेखि दर्शक क्रिकेट मैदान […]