०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

भत्ता लिन पालिका हिँडेका रोकाया बोहोरा पातल मड्या खोलामा मृत फेला

Logo
Janak Dc प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ बोहोरा पातल मड्या खोलामा लडेर ६८ वर्षका जयरुप रोकायाको निधन भएको छ ।

बिहीबार बैंकमा पैसा झिक्न पालिका हिडेका बोहोराको मृत अवस्थामा लास भेटिएको हो । रोकाया बिहीबार घर नआएपछि खोजिगर्न गएका बैनि जुवाई काली बहादुर बोहोराले मृत अवस्थामा जेठानको लास शुक्रबार बिहान भेटाएको बताए । उक्त ६८ वर्षीय रोकाया वृद्ध भत्ता लिन पालिकाको कृषि बैंकमा बिहीबार घर बाट निस्किएका थिए।

मृतक जयरुप रोकायाको कसरी घटना भएको हो ? घटना बारे थप अनुसन्धान भईरहेको सुकाटीया प्रहरी चौकिका हवल्दार जयचन्द्र चदराले बताएका छन। मृतक रोकायाको दुई छोरा र पाँच छोरी रहेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]