२७ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

Logo
HeroNepal-tv प्रकाशित शनिबार, कार्तिक १८, २०८०

सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । भूकम्पले घरहरुमा क्षति पुगेको जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए ।

उनका अनुसार खलंगामा भएका पुरानो घरहरू भत्किएको र मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाल गायक सचिन परियारको आज बिहान १० बजे नै निधन भएको खबर उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । सचिन केही हप्ता देखि बिरामी थिए।

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित […]

सुर्खेत ।   दैलेखको ठाटिकाँध गाउँपालिकामा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम […]