०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
×

आज नवरात्रको छैटौं दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन २२, २०८१

काठमाडौं । आजआश्विनशुक्लपञ्चमीअर्थात् नवरात्रको छैटौँ दिन।आजदशैं घर वापूजा कोठामा नौ दुर्गामध्येकीपाँचौं स्कन्दमाताको विधिपूर्वक पूजाआराधनागरिँदै छ ।

छान्दोग्यश्रुतीकाअनुसार भगवतीको शक्तिबाटउत्पन्नभएकाले सनत्कुमारको नाम स्कन्द रहनगएको हो । स्कन्दको माताभएकाले पार्वती नै स्कन्दमाताकानामलेचिनिन्छ।

नवरात्रका नौ दिनघटस्थापनागरिएको स्थलमादुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ ।

नवरात्रकाअवसरमादेवीको आराधना गरी पूजा गरेमाशक्ति, ऐश्वर्य र विद्याप्राप्तहुने धार्मिक विश्वास छ ।

यसै आधारमावैदिक सनातनधर्मावलम्बीले प्रत्येक वर्ष आश्विनशुक्लप्रतिपदादेखि नवमीसम्मदुर्गा देवीको विशेष आराधनागर्छन् । नौ दिनसम्मपूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रतपूर्णिमाकादिनसम्मलगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिनअसोज १७गते बिहीबार दशैं घर वापूजा कोठामा वैदिकविधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

त्यसै दिनघटस्थापनागरिएको स्थानमा नौ दुर्गामध्येकीपहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधनागरियो । दोस्रो दिनशुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधनागरिएको थियो भने तेस्रो दिनशनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथपूजाआराधनागरियो ।

चौँथो दिनआइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधनागरिएको थियो । पाँचौँदिन सोमबार पनि चौथीतिथि वृद्धिभएकाले कुष्माण्डा देवीकै पूजाआराधनागरिएको थियो । नवरात्रको छैटौँदिनआजभने स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिनब्रह्मचारिणी, तेस्रो दिनचन्द्रघण्टा, चौथो दिनकुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिनकात्यायनी, सातौँ दिनकालरात्री, आठौँ दिनमहागौरी, र नवौँ दिनसिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यस वर्ष भने चौथीतिथि वृद्धिभई दुई दिनको सूर्योदयकालमातिथि परेको नेपालपञ्चाङ्गनिर्णायक समितिले जनाएको छ । यीनै नौ वटादुर्गाका रुपलाई नवदुर्गा पनिभनिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]

आज मिति वि. सं. : २०८२ वैशाख ५ गते शुक्रबार इ.सं. : 18th April 2025 (Friday) सूर्योदय: बिहान ०५:३८ बजे सूर्यास्त: बेलुका १८:३० बजे तिथि : पञ्चमी १३:३९ सम्म, तत्पश्चात् षष्ठी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : मूल (अहोरात्र) योग : परिघ २२:१७ सम्म, तत्पश्चात् शिव करण : तैतिल १३:३९ सम्म, तत्पश्चात् गर चन्द्रराशि: धनु […]

आज मिति वि. सं. : २०८२ वैशाख ४ गते बिहिबार इ.सं. : 17th April 2025 (Thursday) सूर्योदय: बिहान ०५:३९ बजे सूर्यास्त: बेलुका १८:२९ बजे तिथि : चतुर्थी १२:३० सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ज्येष्ठा २९:३२ सम्म, तत्पश्चात् मूल योग : वरियान् २२:३३ सम्म, तत्पश्चात् परिघ करण : बालव १२:३० सम्म, तत्पश्चात् […]