१३ बैशाख २०८२, शनिबार
26-04-2025 , Sat
×

विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा निकालियो

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, आश्विन १७, २०८१

मानिकचन साह
बारा, १७ असोज
बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा निकालिएको छ ।

आउँदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो ।

हात्ती, घोडा, उँट झाकी , बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसद यादवले जानकारी दिए ।

मेलामा मंसिर २३ गते बलि दिईने मेला समितिले जनाएको छ ।

शोभा यात्रामा हजारौंको संख्यामा  भक्तजनहरुको सहभागीता रहेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए ।

उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभा यात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको परिक्रमा गर्नेछ ।

शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनर्वा चोक, तेलकुवा चोकदेखि गण्डक नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिश्म्भरपुर, कलैया भरत चोकदेखि गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन रुट तय भएको मेला आयोजक समितिले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज  मिति वि. सं. : २०८२ वैशाख १३ गते शनिबार इ.सं. : 26th April 2025 (Saturday) सूर्योदय: बिहान ०५:३१ बजे सूर्यास्त: बेलुका १८:३४ बजे तिथि : त्रयोदशी ०६:१५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : रेवती २६:५४ सम्म, तत्पश्चात् अश्विनी योग : वैधृति ०७:०८ सम्म, तत्पश्चात् विष्कम्भ करण : वणिज ०६:१५ सम्म, तत्पश्चात् […]

क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो। सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ […]

आज मिति वि. सं. : २०८२ वैशाख १२ गते शुक्रबार इ.सं. : 25th April 2025 (Friday) सूर्योदय: बिहान ०५:३२ बजे सूर्यास्त: बेलुका १८:३४ बजे तिथि : द्वादशी ०८:२६ सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : पूर्वभाद्रपदा ०५:३६ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा योग : ऐन्द्र १०:०१ सम्म, तत्पश्चात् वैधृति करण : तैतिल ०८:३६ सम्म, तत्पश्चात् […]