०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

नेपालले T20 सिरिजमा दोस्रो हार

Logo
Janak Dc प्रकाशित बुधबार, आश्विन १६, २०८१

क्यानडा टी-२० सिरिजमा नेपालले दोस्रो हार ब्यहोरेको छ। मंगलबार राति सकिएको तेस्रो खेलमा नेपाललाई घरेलु टोली क्यानडाले ४ विकेटले पराजित गर्‍यो। सिरिजमा नेपालले क्यानडासँग दुवै खेलमा हार ब्यहोरेको हो।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

क्यानडाका लागि ओपनर दिलप्रित बजवाले २५ रन र निकोलास किर्टोनले २६ रन बनाए। दुवै जना १२औं ओभरमा आउट भए। दिलप्रितलाई सोमपाल कामी र कुशल भुर्तेल मिलेर रनआउट गर्दा किर्टोनलाई सोमपालले करण केसीबाट क्याच गराए।

सन्दीप लामिछानेले १५औं ओभरमा श्रेयष मोब्भा (८ रन) र डिलोन हेलिगरलाई शून्यमा आउट गर्दा खेलमा नेपाललाई राहत मिलेको थियो।

तर १८औं ओभरमा सोमपालले एक नो बलसहित १२ रन खर्चिए। १९औं ‌ओभरमा करण केसीलाई क्यानडाका शाद बीन जफरले १ चौका र १ छक्का तथा रविन्दरपाल सिंहले १ छक्का प्रहार गरे। यो ओभरमा करणले १९ रन खर्चिदा नेपालको हातबाट खेल गएको थियो।

जफरले नटआउट ३३ रन र सिंहले नटआउट २० रन जोडे।
बलिङमा ललित राजवंशी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामीले १ विकेट हात पारे।

घरेलु टोली क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १३९ रन जोड्यो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर अनिल साहले ३० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४१ रन र आसिफ शेखले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे। दुईबीच ९.१ ओभरमा ७० रनको साझेदारी भएको थियो।

तर त्यसपछि रोहित पौडेल ६ बलमा ४ रन र कुशल मल्ल १२ बलमा ४ रन जोडेर आउट भए। कुशल भुर्तेलले १५ बल खेल्दा १३ रन जोडे भने कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।

दीपेन्द्रसिंह ऐरीले ९ बलमा १२ रन जोड्दा गुल्सन झा १६ बलमा २ छक्काको मद्दतमा नटआउट २३ रन जोडे। करण केसीले २ बलमा १ छक्का हिर्काउँदा नटआउट ८ रन बनाए।

बलिङमा क्यानडाका हर्ष थाकेरले २ विकेट लिए।

अब नेपालले अन्तिम खेलमा बुधबार राति ओमानसँग खेल्नेछ। यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालमाथि घरेलु टोली क्यानडाले १४ जित निकालेको थियो। आइतबार भएको दोस्रो खेलमा भने नेपालले ओमानलाई ३७ रनले हराएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई हराउँदै दोस्रो जित हासिल गरेको छ ।शनिबार भएको रोमाञ्चक खेलमा भएका खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो । विराटनगर किंग्सको भने यो तेस्रो पराजय हो । कर्णालीले दिएको १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको विराटनगर पुरै ओभर खेलेर ८ विकेट गुमाएर १२६ रनमा समेटियो । विराटनगरका […]

पाल प्रिमियर लिग (एनपीएल) को उद्‌घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई फ्रेन्चाइज टिम विराटनगर र जनकपुरबीचको खेल सवा १२ बजेदेखि सुरु हुनेछ । उक्त खेल हेर्न क्रिकेट मैदानमा दर्शकको ओइरो लागेको छ । खेल सवा १२ बजेदेखि सुरु हुने भए पनि बिहानैदेखि दर्शक क्रिकेट मैदान […]

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्ससँग भएको सम्झौतामा नेपालका कम्पनीहरूले आपत्ति जनाएका छन् । हालै क्यानले भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने गरी सम्झौता गरेको थियो । स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर […]