१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

घोडाघोडिमा कैलालि जिल्ला स्तरिय जुनियर तथा युवा रेडक्रस सोसाईटी को गोष्टि सुरु, आज समापन हुने।

Logo
प्रशान्त डि सि प्रकाशित शनिबार, आश्विन १२, २०८१

१२ असोज,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ३९ औँ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रवार देखि सुरु भएको छ । घोडाघोडी नगरपालिकाको मुख्य सहयोग, घोडाघोडी बहुमुखी क्याम्पसको सहयोग र  घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आतिथ्यतामा दुई दिने गोष्ठी सुरु भएको हो ।

उक्त गोष्ठीमा जिल्ला भरिका १ सय ३९ विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् । जसमा प्रत्यक्ष विद्यालयबाट २ जना रेडक्रसमा आबद्ध विद्यार्थी र एक जना शिक्षक गरी तीन जना सहभागी भएका आयोजकले जनाएको छ । पहिलो दिन औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको छ । त्यस लगत्तै शुक्रवार र शनिबार बन्द सत्र चलेर भोलि समापन हुने छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका सदस्य तथा जुनियर तथा युवा रेडक्रस कैलालीको संयोजक रङ्ग प्रसाद तिमिल्सैनाको सभापतित्वमा सुरु भएको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए ।
रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, नगरपालिका प्रमुख, उपप्रमुख, अन्य जनप्रतिनिधि, प्राध्यापक, शिक्षक विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक रुपमा मन्त्री खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा रेडक्रस सोसाइटी घोडाघोडी उप शाखाका सभापति भवानी प्रसाद तिवारीले धन्यावाद ज्ञापन व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्देश्य माथी प्रकाश नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोक राज जोशीले गरेको थिए । घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन चेतराज विनाडीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]