कैलालि । कैलालिको घोडाघोडी न पा ८ स्थित रहेको श्री मेलघट्टि माध्यामिक बिधालय ले आ.ब २०८०/८१ को सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । कार्यक्रम मा आर्थिक बर्ष ८०/८१ को जम्मा १ करोड ९ लाख ३ सय ५८ रुपैयाँ बराबर आय व्यय को प्रतिबेदन बिधालयका प्रधानाध्यापक खडक बहादुर कठायत ले पेश गरेका थिए ।
शिक्षक अभिभावक संघ का अध्यक्ष लाल बहादुर थापाको सभापतित्व मा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी न पा ८ न. वडाअध्यक्ष वीर बहादुर साउद , अतिथिमा वडा सदस्य भबिसरा भन्डारी , बि ब्य स अध्यक्ष टंकराज अधिकारी तथा सामाजसेवि बुद्धिजिबि ,अभिभावक शिक्षक तथा बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो। कार्यक्रम सन्चालन बिधालयका शिक्षक दुर्गा प्र न्युरेल गरेका थिए ।