१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

भारतमा नेपाली युवतीको हत्या आरोप लागेका ब्यक्ति मृत फेला

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन १०, २०८१

भारतको बेङ्‌लुरुमा एक जना नेपाली युवतीको क्रूर हत्याको आरोप लागेका एक व्यक्ति मृत भेटिएका छन् । मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन् ।

उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ । जसमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन् । साथै उनले महालक्ष्मीको हत्या गरेर गलत गरेको पनि आफ्नो सुसाइड नोटमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्‌लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको थियो ।

निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या भएको घटना विवरणहरूले देखाएका छन् । भारतीय सञ्चारमाध्यहरूका अनुसार बेङ्‌लुरुको तीनतले भवनको एक कोठामा रहेको फ्रिजमा १९ दिनसम्म एक २९ वर्षीया युवतीको शव ३० देखि ४० टुक्रा पारेर राखिएको प्रहरीले फेला पारेको छ । सो कोठाबाट गन्ध आउन थालेपछि घरमालिकले प्रहरी र युवतीकी आमालाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी क्राइम सिन देखेर अत्तालियो । किनकि प्रहरीले यसअघि यस्तो क्राइम सिन देखेकै थिएन ।

प्रहरी पहिलोपटकमा कोठामा प्रवेश नै गर्न सकेन । किनकि गन्ध निकै आइरहेको थियो । डब्बल मास्क लगाएर कोठामा पुगेको प्रहरीले फ्रिज र फ्रिजबाहिर शवका टुक्राहरू देख्यो । र, उसले फरेन्सिकको टोलीलाई बोलायो । तर, फरेन्सिकको टोलीले पनि शव संकलन गर्न नसकी अस्पतालको मुर्दाघरका कर्मचारीलाई बोलाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]