०२ बैशाख २०८२, मंगलबार
15-04-2025 , Tue
×

१ रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ सेवा शुल्क लाग्ने देश नेपाल !

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन १०, २०८१

काठमाडौं । ‘१ रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ कर लाग्ने देश नेपाल मात्र हो कि अरू पनि छन् ?’ लेखिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ । स्क्रिनशटमा एउटा बैंक अकाउन्टबाट अर्को बैंक अकाउन्टमा एक रुपैयाँ पठाउन लागेको देखिन्छ । र, त्यसको अन्तिममा चार्ज ११ रुपैयाँ ३० पैसा लाग्ने लेखिएको छ ।

एक रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ अतिरिक्त शुल्क तिर्नु परेको भन्दै सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ । एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ सेवाशुल्क लाग्ने व्यवस्था छ । भने, सेवा शुल्कको १३ प्रतिशत रकम करवापत जोडिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त चार्जका विषयमा आफ्नो धारणा राखेका थिए । यसरी मोबाइल बैंकिङबाट ट्रान्सफर गर्दा स-साना कारोबार गर्ने सेवाग्राही मारमा परेको गुनासो आइरहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई घटाउने वा निःशुल्क बनाउन छलफल गरिरहेको बताएका थिए ।

तर, हालसम्म पनि यस विषयमा सरकार वा सम्बन्धित निकायबाट मोबाइल बैंकिङबाट ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्कका विषयमा भएको काम वा छलफलको जानकारी आइसकेको छैन ।

मर्चेन्ट क्यूआरमा यस्तो शुल्क नलाग्ने भए पनि व्यक्तिगत खातामा भुक्तानी गर्दा वा रकम ट्रान्सफरको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले यस्तो शुल्क तिर्नुपर्ने हुन्छ । त्यसो त सरकारले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा स्वीकार गर्ने कार्यलाई समेत निरुत्साहित गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।