०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बेंगलुरुमा बीभत्स हत्या गरिएकी महालक्ष्मी त्रिकोणात्मक प्रेम सम्वन्धका कारण मारिएको आशंका

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन ०९, २०८१

भारतको बेंगलुरुमा बीभत्स हत्या गरिएकी महिलाका श्रीमान् नेपाली भएको खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र २९ वर्षीया महालक्ष्मीको बीभत्स हत्या भएको हो।

भवनको कोठामा १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र महालक्ष्मीको शव ३० देखि ४० टुक्रामा भेटिएको हो। साथै भुइँमा समेत शवका टुक्रा छरिएका थिए। यसअघि यस्तो बीभत्स हत्या नदेखेको बेंगलुरु प्रहरीसमेत छक्क पर्‍यो। शवका टुक्रा संकलन गर्न बेंगलुरुको फोरेन्सिक टोली एक्लैले नसकेर सरकारी अस्पतालका मेडिकल स्टाफलाई समेत बोलाउनुपरेको थियो।

त्यही घरमा भाडामा बस्ने अन्यले महालक्ष्मीको बन्द कोठाबाट खपिनसक्नुको दुर्गन्ध आउन थालेपछि यही सेप्टेम्बर २० का दिन घरमालिकलाई खबर गरे। कोठाभाडा सम्झौता गर्दा महालक्ष्मीले आकस्मिक सम्पर्कका लागि बेंगलुरुमा बस्ने आफ्ना आमा र बहिनीको फोन नम्बर दिएकी थिइन्। घरधनीले महालक्ष्मीकी आमालाई फोन गरेर महालक्ष्मीको बस्ने कोठा बन्द रहेको र दुर्गन्ध आइरहेको कुरा सुनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]