३० चैत्र २०८१, आइतबार
13-04-2025 , Sun
×

सन नेपाल लाइफ इन्स्योरेन्सको बार्षिकोत्सवमा बिरामीहरुलाई फलफूल वितरण

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, आश्विन ०७, २०८१

मानिकचन साह
बारा:=सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ ।

ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो ।

फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत बार्षिकोत्सवको अवसरमा अस्पतालमा बिरामीलाई फलफूल वितरण गरिएको इन्स्योरेन्स कम्पनीका कलैया शाखाका मार्केटिङ्ग मैनेजर उपेन्द्र प्रसाद साहले जानकारी दिए ।

कम्पनीका कलैया शाखाका शाखा प्रमुख नबिल पटेलको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रममा वरिष्ट एजेन्सी मैनेजर देवनारायण प्रसाद, मार्केटिङ्ग रोहित क्षेत्री, अभिकर्ता जितेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।