०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

सुर्खेत वीरेनद्रनगरमा रहेको प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु

Logo
Janak Dc प्रकाशित सोमबार, आश्विन ०७, २०८१

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीया शर्मिला सुनार रहेकी छन् । उनलाई सुत्केरी व्यथा लागेपछि हिजो (आइतवार) अस्पतालमा भर्ना गरिएको मृतककी भाउजु चन्द्रकली सुनारले बताएकी छन् । अस्पताल भर्ना गरसकेपछि डाक्टरले विरामीको अवस्था सामान्य नै रहेको आफन्तलाई जानकारी दिएको थियो ।

चन्द्रकलीले भनिन्, ‘पहिला आमा बच्चा दुवैलाई ठिकै छ भन्नु भयो, पछि एक्कासी बच्चाको पेटमा नै मृत्यु भइसकेको छ भन्ने जानकारी आएपछि हामीले आमालाई बचाईदिनुस् भनेर आग्रह गर्यौं ।’ बच्चा आइतवार साझ ९ः३० बजे नै जन्मिसकेको थियो । उनले थपिन्, ‘विरामी भेट्न हामीलाई जान पनि दिएका छैनन्, विरामीको अनुहार हामीले अहिलेसम्म देख्न पनि पाएका छैनौ, बच्चा के जन्मियो त्यो पनि जानकारी छैन, मरेकै भएपनि बच्चा हामीलाई दिनुस् भनेको हो त्यो पनि दिएनन्, सुविधासम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु यो कस्तो विडम्बना हो, लापरवाही गर्ने डाक्टरलाई कडा कारवाही हुनु पर्छ ।’

चन्द्रकलीका अनुसार डाक्टरले शर्मिलालाई बढी रक्तस्राप भएको र आइसियुमा राखिएको जानकारी दिएका थिए । मृतकका आफन्तलाई जानकारी नदिएरै अस्पतालले पहिला प्रहरीलाई अस्पतालमा बोलाएको चन्द्रकलीले जानकारी दिइन् । प्रहरी आएपछि मात्र आज (सोमवार) विहान ४ बजे प्रहरीले शर्मिलाको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

डाक्टरको लापरवाहीका कारण शर्मिलाको मृत्यु भएको आरोप उनका आफन्तले लगाएका छन् । आन्दोलनमा सहभागि रमेश बस्यालले आन्दोलन शान्तिपूर्ण तरिकाले गरिरहेको बताए । सुत्केरी गराउने संवेदनशील विषयमा डाक्टरहरु गम्भीर नभएको उनको भनाई छ । अहिले अस्पताल, प्रहरी र मृतकका आफन्तबीच वार्ता भइरहेको बस्यालले जानकारी दिए । मृतकका आफन्तहरू अस्पताल परिसरमा आन्दोलनमा उत्रिएका छन् । घटनाको नियन्त्रणका लागि अस्पताल परिसरमा प्रहरी टोली तैनाथ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।