१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

सामाजिक विकास मन्त्रीबाट हिमाका दुई नमुना विद्यालय भवनको उद्घाटन

Logo
Janak Dc प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

सामाजिक विकास मन्त्रीद्वारा हिमाका दुई नमुना विद्यालय भवन उद्घाटन
हिमाको भैरव आधारभुत विद्यालय जोगीवाडा र महादेव आधारभुत विद्यालय कुडुमा निर्माण भएका ४/४ कोठे बालमैत्री, विद्यालय भवन तथा लैङ्गिक समावेशी शौचालय सहितको विद्यालय भवन उद्घाटन गरिएका हुन।

जुम्लाको हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा निर्माण गरिएका दुई नमुना भवनको उद्घाटन गरिएको छ। बुधबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दुबै भवनको उद्घाटन गरेका हुन।

पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘आधार परियोजना’को लगानीमा दुर्गमका सामुदायिक विद्यालयमा बालमैत्री बसाई व्यवस्थापन, हिउँदको चिसो छेक्ने वाल सिलिङ गरिएका कक्षा कोठा, छात्रा छात्र छुट्टा छुट्टै शौचालय भएको, भूकम्प प्रतिरोधी लगायतका सुविधा सहितको विद्यालय भवन निर्माण गरिएका हुन।

हिमाको भैरव आधारभुत विद्यालय जोगीवाडा र महादेव आधारभुत विद्यालय कुडुमा निर्माण भएका ४/४ कोठे बालमैत्री, विद्यालय भवन तथा लैङ्गिक समावेशी शौचालय सहितको विद्यालय भवन उद्घाटन गरिएका हुन।

बुधबार एक भव्य समारोहको आयोजना गरि दुई वटै विद्यालय भवनको उद्घाटनसँगै गर्दै मन्त्री भण्डारीले विकटका सामुदायिक विद्यालयमा यत्तिको सुविधायुक्त भवन बन्नु सामुदायिक शिक्षा सुधारको लागि आशा लाग्दो कार्य भएको बताए। हिमाले पढाई मेलादेखि सामुदायिक विद्यालय सुधारका क्षेत्रमा गरेको अभ्यासहरु अनुकरणीय रहेको समेत मन्त्री भण्डारीको भनाइ छ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले दातृ निकाय संगको समन्वय सहकार्यमा हिमाले पूर्वाधार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने वातारण सृजना गरेको बताए।

‘मैत्रीपूर्ण पूर्वाधार बिना गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिदैन्। विद्यालय विद्यालय टिक्ने वाताबरण बनाउनु पालिकाको दायित्व हो,’ उनले भने, ‘सबै काम पालिकाकै लगानीले सम्भव छैन। त्यसका पेश नेपालले करोडबढी लगानी गरेर हिमाको शैक्षिक सुधारमा ईट्टा थपेको छ। यो कार्यप्रति आभारी छौं।’

भैरव आधारभुत विद्यालय जोगीवाडाको चार कोठेका विद्यालय भवन कूल ६१ लख ८५ हजार ३४३ रुपैया लगानीमा निर्माण भएको हो भने महादेव आधारभुत विद्यालय कुडुमा ६३ लाख दुई हजार ८६८ रुपैया लगानीमा भवन निर्माण भएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए।

‘विद्यालयको पूर्वाधार विकाससंगै कक्षाकोठा व्यवस्थापन सम्म गरी कूल एक करोड २४ लाख बढीको रकम लगानी भएको छ,’ उनले भने, ‘आधार परियोजना अन्तरर्गत बनेका विद्यालय भवनहरु पालिकाको माग र आबश्यकतालाई मध्यनजर गर्दै सामुदायिक शिक्षा सुधारको लक्ष्यले निर्माण गरिएको हो।’

उनका अनुसार विकटका सामुदायिक विद्यालयका भवन प्राय पुराना र जीर्ण भएकोले विद्यार्थी जोखिम मोलेर अध्यायन गर्न बाध्य छन्। हिमामा भनेका दुई वटै विद्यालय भवन भुकम्पीय जोखिमका दृष्टिले पनि निकै मजबुद भएकोले बालबालिका ढुक्कले पढ्न सक्नेछन्।

बालबालिका मैत्री विद्यालय भवन बनेसँगै विद्यालयमा बालबालिकाको पहुँच बृद्धिहुनेमा विश्वास बढेको हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाहीले बताइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]