०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सिके राउतको चरित्र हत्या र श्रीमतीलाई मानसिक यातना दिएको भन्दै पत्रकारसहित चारविरुद्ध मुद्दा दायर

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो चरित्र हत्या र श्रीमती सोनी सिन्धु रानीलाई मानसिक यातना दिएको आरोपमा चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

डा. सिके राउतले वारेस काठमाडौं महानगरपालिका १० बस्ने २४ वर्षीय सुमन न्यौपानेमार्फत काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। न्यौपानेमार्फत दायर गरिएको गाली बेइज्जती मुद्दामा तीन वर्षको कैद सजाय माग गरिएको छ। फिरादपत्रमा उल्लेख भएअनुसार, आरोपीहरुले सुनियोजित रुपमा समाचार लेखेर तथा श्रीमतीलाई पटक-पटक फोन गरी मानसिक यातना दिएको बताइएको छ। डा. राउतको श्रीमतीलाई अनाहकको तनाव दिने, फोनमार्फत गलत प्रश्न सोध्दै विक्षिप्त बनाउने प्रयास गरिएको आरोप लगाइएको छ।

मुद्दामा रक्तमाला पब्लिकेशन्स तथा शीर्ष खबर प्रा.लिका सम्पादक र पत्रकारलाई समेत आरोपी बनाइएको छ, उनीहरुले डा. राउतको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार लेखेको आरोप छ। यसबाहेक सप्तरी जिल्लाका दुई व्यक्तिविरुद्ध पनि, ती समाचारहरु सामाजिक सञ्जालमा शेयर गरी चरित्र हत्या गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

डा. राउतकी श्रीमती मानसिक रूपमा अस्वस्थ रहँदै आएकी र उनलाई थप मानसिक यातना दिने उद्देश्यले बारम्बार फोन गरिएपछि मुद्दा दायर गर्नुपरेको फिरादपत्रमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]