१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
×

उपसभापति धनराज गुरुङले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

काठमाडौं– सहकारीमा आफ्नो संलग्नता नभई पूर्वपत्नीको मात्र संलग्नता रहेको दाबी गर्दै आएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको ८१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ ।

उनले आफ्नो नाममा लिएको उक्त परिमाणको ऋण तिरेको खुलेको हो । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले खबरहबलाई बताएअनुसार धनराजले ८१ लाख रुपैयाँ ऋण गत जेठ ६ गते तिरेका हुन् । धनराजका नाममा तिरिएको ऋणको भौचर खबरहबलाई प्राप्त भएको छ ।

उनले त्यसपछि अरू रकम भने नतिरेको कुम्भराजले खबरहबलाई बताएका छन् । आफ्नो सहकारीबाट धनराज दम्पतीले करिब १४ करोड रुपैयाँ लगे पनि उनी र उनकी श्रीमती ज्योति अहिले सम्पर्कविहीन भएको दाबी कुम्भराजले गरे ।

धनराजले साढे ४ वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी श्रीमतीले ऋण लिएको जिकिर गरिरहे पनि शुक्रबार खबरहबको सम्पर्कमा आएका कुम्भराजले गत वैशाख र जेठमा सहकारीकाे खातामा ८१ लाख रुपैयाँ धनराजले पठाएको दाबी गरे ।

‘उहाँकी श्रीमतीलाई मैले विदेश पठाएको आरोप पनि मलाई लगाएका रहेछन्, नाटक गरिरहेका छन्’, उनले भने, ‘८२ वर्षको भएँ, अब स्वर्ग जानेबेला भएको बुढो मान्छेले किन ढाँट्नु । ज्योति र धनराज मिलेर मलाई फसाए, सहकारी पनि डुबाए ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो। सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ […]

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]