१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

शरीरमा पानीको कमी भएमा कस्ता लक्षण देखिन्छन्? जानिराखाै ।

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन २४, २०८०

शरीरमा पानीको मात्रा कम हुँदा विभिन्न स्वास्थ्य समस्याहरु सिर्जना हुन्छन्। शरीरबाट निस्किएको पानीको मात्राभन्दा शरीरमा भएको पानीको कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर निस्कन्छ।

शरीरमा पानीको कमी भयो भने कस्ता लक्षण देखिन्छन्?
१. थकान
पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन्।

२. दम
जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ। जसका कारण श्वास लिन समस्या हुन्छ। यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ। पानीका साथ जूस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ। यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ।

३. रक्तचाप
गर्मीमा अक्सर पसिना बढी बग्दा शरीर र रगतमा रहेको पानीको मात्रामा कमी आउन सक्छ। यस्तो अवस्थामा धेरै पानी पिउने सल्लाह दिइन्छ। उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ। शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ।

४. उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ। जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निमाृण गर्छ। यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैंन।

५. छालासम्बन्धी समस्या
पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ। छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ। यसले पानीको स्तर पनि नियन्त्रित गर्छ। पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ। पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ। डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ।

६. पाचनसम्बन्धी समस्या
शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबट शरीरमा पाचनसम्बन्धी कयौं समस्या निम्तन सक्छ। जस्तै, अल्सर, ग्यास आदि। खाना पचाउन पनि पानी आवश्यक हुन्छ।

७. तौल बढ्ने
खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूर्ण भूमिका हुन्छ। पानीको मात्रामा कमी आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ।

८. मानसिक स्वास्थ्यमा असर
डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ। लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ।

९. मधुमेह
मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रुपमा बहिर निस्कन्छ। योभन्दा बढी भयो भने कमजोरी महसूस हुन्छ र शरीरमा पानीको कमी हुन्छ।

१०. जोर्नीमा प्रभाव
पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ। यसको कमी हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ। शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ। रगतमा आउने यो कमीका कारण जोर्नीको समस्या पनि आउन सक्छ।

११. मिर्गौलाको समस्या
शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निमाृण हुन्छ। यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरतहुन्छ। पानी कमहुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौं प्रकारका रोग लाग्न सक्छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]