०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

एउटै मञ्चबाट सम्बोधन गर्दै ‘प्रचण्ड’-बाबुरामले भने-हामी गणतन्त्रका मूलधार हाैँ

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र २७, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूहरू गणतन्त्रका मूलधार भएको बताएका छन् ।

मण्डला थिएटर काठमाडौँको एउटै मञ्चबाट सम्बोधन गर्दै उनीहरूले नेपालमा चलेको दश वर्षे सशस्त्र युद्ध लाखौँ जनता सहभागी भएर लडिएको परिघटना भएको बताए । उनीहरूले आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने दाबी गरे ।

शुक्रबारबाट प्रसारण हुन थालेको टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरूले यस्तो भनेका हुन् ।

माओवादी अध्यक्ष ‘प्रचण्ड’ले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताए ।

कतिपय शक्तिहरूले लाखौँ जनताको सहभागितामा भएको उक्त सशस्त्र युद्धलाई विमुद्रीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको आरोप लगाउँदै प्रचण्डले इतिहासमा यसको महत्त्व स्थापित भइसकेको बताए ।

कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठले टेलिश्रृङ्खला ‘राधाकृष्ण’ले माओवादी युद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रवार साँझ प्रसारण हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८१ चैत २५ गते सोमबार इ.सं. : 7th April 2025 (Monday) सूर्योदय: बिहान ०५:५० बजे सूर्यास्त: बेलुका १८:२४ बजे तिथि : दशमी २३:२७ सम्म, तत्पश्चात् एकादशी पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : तिष्य १०:१७ सम्म, तत्पश्चात् अश्लेषा योग : धृति २१:४० सम्म, तत्पश्चात् शूल करण : तैतिल ११:३३ सम्म, तत्पश्चात् […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्प्रष्टीकरण सोधेका थिए । सो प्रष्टीकरणको जवाफ दिँदै घिसिङले विभागीय मन्त्री र मन्त्रालयले आफूलाई प्रष्टीकरण सोध्ने र पदबाट हटाउन नसक्ने जवाफ पेश गरेका छन् […]