०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

नेपाली काँग्रेसका सासंदहरु बाट उपसभामुख इन्दिरा राना मगरको राजिनामा माग

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र २६, २०८१

प्रतिनिधि सभाको आजको बैठकमा सत्ता साझेदार दल नेपाली काँग्रेसका सासंदहरुले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा काँग्रेस सांसदहरुले उपसभामुख रानाले १९ महिना अघि अमेरिका पठाउने सिफारिस पत्रमा हस्ताक्षर गर्न हुने नहुने विषयमा उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने भन्दै पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गर्नुभयो ।

बैठकमा प्रतिपक्षी दल रास्वपाका सांसदहरुले उप सभामुखले आफूलाई ज्ञान नभएर पत्र लेखेको स्पष्ट पारिसकेको अवस्थामा राजीनामा मागीरहनु आवश्यक नभएको बताउनुभयो ।

सांसदहरुले बेथितिका विषयमा संसदमा उठाउने र यसको अन्त्य गर्ने तहसम्म पुर्‍याउनुपर्ने भन्दै रेडक्रसमा ब्लडबैँक सञ्चालनमा रहेको बेथिति हटाउनु पर्ने बताउनुभयो । सांसदहरुले स्वास्थ्य बिमा मार्फत उपचार गर्ने बिरामीहरूले दुःख खेप्नुपरिरहेको र उपचार हुन नसक्दा रिफरका लागि झन्झट व्यहोर्नु परिरहेको भन्दै स्वास्थ्य बिमा कार्ड हुनेले जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा सांसदहरुले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि र कालोबजारी बढ्ने गरेको र चेकिङका नाममा नागरिकले हैरानी दिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसका अवसरमा संविधान सभा र संसदमा स्वर्गीय नेम्वाङले खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै सहकार्यका लागि सन्तुलित भूमिका निर्वाह गर्न उहाँबाट सिक्न सकिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]