०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने ओलीकाे घोषणा

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र २६, २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेको हो । ओलीले सुवास नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए । प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबारको सचिवालय बैठकले गर्ने ओलीले बताए ।

पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको भन्दै उनले टिप्पणी गरे । पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेताहरूको नाममा प्रतिष्ठान, विद्यालयहरू खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८१ चैत २५ गते सोमबार इ.सं. : 7th April 2025 (Monday) सूर्योदय: बिहान ०५:५० बजे सूर्यास्त: बेलुका १८:२४ बजे तिथि : दशमी २३:२७ सम्म, तत्पश्चात् एकादशी पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : तिष्य १०:१७ सम्म, तत्पश्चात् अश्लेषा योग : धृति २१:४० सम्म, तत्पश्चात् शूल करण : तैतिल ११:३३ सम्म, तत्पश्चात् […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्प्रष्टीकरण सोधेका थिए । सो प्रष्टीकरणको जवाफ दिँदै घिसिङले विभागीय मन्त्री र मन्त्रालयले आफूलाई प्रष्टीकरण सोध्ने र पदबाट हटाउन नसक्ने जवाफ पेश गरेका छन् […]