०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

फोक्सो को दीर्घ रोग, मुटुकाे समस्या, एउटा मात्र मृगौला र देब्रे खुट्टामा घाउ भएका प्रदिपे कामिकाे सहयाेगका लागि अपिल

Logo
जनक दशौंदी प्रकाशित मंगलबार, भाद्र २५, २०८१

सुर्खेत। कालिकाेटको रासकाेट घर भइ हाल सुर्खेत बिरेन्द्रनगरको सुनार टोलमा भाडामा बस्ने प्रदिपे कामी लामो समय देखी प्रदेश अस्पताल उपचार गराउदै आएका छन ।

उनमा फोक्सो को दीर्घ रोग, मुटु सुनिने समस्या, एउटा मात्र मृगौला भएको र देब्रे खुट्टामा सन्चो नहुने घाउ भएको भएको छ ।

उनको जेठा छोरा सानै उमेर देखि बेपत्ता र अर्को छोरा गाउँमैछन । उनको उपचार क्रममा गाँउमा भएको सिरि सम्पत्ति सकिसकेकाे छ । उनको श्रीमती अहिले मागेर उनको उपचार गरिरहेकि छिन ।

उनकाे उपचारका क्रममा हाल सम्म करिब २० लाख भन्दा बढी खर्च लागिसकाे छ । अन्तत मृत्यु संग लडि रहेका प्रदिपे कामी,सहयाेगि मनहरुलाई गुहारिदिन हामी समक्ष आई पुगेका छन ।

उनी भन्छन म मृत्यु संग लडि रहेकाे छु सबै मिलेर बचाई दिनुहाेस , म बाँच्न चाहन्छु ।

यदिहजुरहरु कसैले उहाँलाई सहयाेग गर्ने चाहाना राख्नु भएकाे खण्डमा उहाँकाे फाेन नम्बर : ९८४८३०१६०७
नाम : प्रदिपे कामी
बैङ्क खाता नम्बर : ५१६०१००००२९०४०१०
बैङ्क : राष्ट्रिय बिणिज्य बैँक (जुम्ला राेड सुर्खेत )

अर्थात हिराे नेपाल टिभिकाे कार्यालयमा सम्पर्क गरेपनि सहयाेग गर्न सक्नु हुन्छ ।
हाम्राे फाेन : ९८४८३९९५०५

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।