०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

कांग्रेसलाई बिग्रन नदिने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको भनाइ

Logo
Janak Dc प्रकाशित सोमबार, भाद्र २४, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताएका छन्।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताए।

थापाले भने, ‘घरमा फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ। बिग्रन लागेको घर हामी समाल्छौँ।’ महामन्त्री थापाले अविचारको आधारमा अघि बढ्ने विश्वास दिलाए। निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक रहेको उनको कथन थियो।

‘गठबन्धनको राजनीति राम्रो नभएको बुझेर अब निर्वाचनमा कांग्रेस एक्लै लड्ने केन्द्रीय समितिले निर्णय लिएको छ। त्यसैले एकपटक सबैले आफूलाई सच्याउने संकल्प लिएर अघि बढौँ’, थापाले भने।

उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत दावी गरे। अब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

पार्टीका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संगठनलाई एकताबद्ध बनाएर पार्टीमा आफ्ना विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताए।

उनले भने, ‘सरकारमा रहेका साथीहरूले पार्टीसँगको परामर्शमा मन्त्रालयबाट काम गर्ने र बाहिर रहेका साथीले खबरदारी जारी राख्नुपर्नेछ। यसले पार्टीको साख बढ्छ र यसो गरेमा मात्र बीपीको सच्चा कार्यकर्ता बन्न सकिन्छ।’

मन्त्री पौडेलले पार्टी महामन्त्री थापा स्वास्थ्यमन्त्री हुँदा अगाडि सारेका योजनालाई कार्यान्वयनमा लैजान आफूले भूमिका खेल्ने बताए। कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वपार्टी सभापतिद्वय विकास कोइराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए।

पार्टीका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा १७४ जना नेतालाई सम्मान गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]