०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

घर फर्किन लाग्दा मलेसियाको एयरपोर्टमै ढले दाङ तुल्सीपुरका रुपलाल चौधरी

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र २४, २०८१

काठामाडौं। दाङ तुल्सीपुर उपमहानगरपालिका–११ घर भएका ४३ वर्षका रुपलाल चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए ।

साढे चार वर्षपछि घर फर्कन लागेका उनी परिवारसँग भेट्न पाउने कुराले उत्साहित देखिन्थे । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगिसकेका उनले घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृश्यहरु पनि देखाए ।

उनले दिदी, भिनाजु र आफन्तलाई पनि फोन गरेका थिए । मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरे । मलेसियाबाट नेपाल फर्किने जहाजको त्यस दिन नेपाली समय अनुसार ३ बजेको फ्लाइट थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए ।

सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन ।

लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुल्यो ।

भाइ लोकमणिले घरमा पठाएको खबर अनुसार जहाज पर्खिरहेका बेला रुपलाल अचानक ढलेका थिए । उनको एयरपोर्टमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन भने बाँकी छ ।

शोकमा परिवार

भजित घनश्याम थारुका अनुसार साढे चार वर्षपछि घर फर्कन लागेका रुपलाल अब मलेसिया नफर्किने तयारीमा थिए । घर फर्केर उनले परिवारसँग समय बिताउन चाहेका थिए । पहिलो पटक मलेसिया गएका उनी परिवारसँग छुट्टिएर बस्दाको नियास्रो मेटाउन चाहन्थे ।

चाडबाडको मुखमा घर फर्कन लागेका रुपलालको मृत्युको खबरले परिवार शोकमा छ । आइतबारमात्र मृत्युको खबर पाएकी उनकी पत्नी मनबुझौनी चौधरी विक्षिप्त छिन् । ‘चाडबाडकै मुखमा, त्यो पनि घर फर्कने बेला यस्तो खबर आयो’, भतिज घनश्याम भन्छन्, ‘मृत्युको खबरले परिवार आँशुमा डुबेको छ । गाउँ नै शोकमा छ ।’

सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष वैदेशिक रोजगारीमा पुगेका झण्डै एक हजार नेपालीले ज्यान गुमाउने गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

एउटा निजी अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको छ, जुन चन्द्रमाको सतहमा पुग्ने दोस्रो व्यावसायिक यान बनेको छ। अमेरिकी फर्म Firefly Aerospace ले पृथ्वीबाट देखिने विशाल क्रेटर, Sea of Crises अन्वेषण गर्ने उद्देश्यले प्रक्षेपण गरेपछि, Blue Ghost जनवरी १५ मा पृथ्वीबाट निस्कियो। यो परियोजना अमेरिकी अन्तरिक्ष एजेन्सी NASA र निजी कम्पनीहरूको पछिल्लो सहकार्य हो। अर्को फर्म […]

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ आगामी २८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् । कसरी हेर्ने यो दुुर्लभ दृष्य ? फेब्रुअरी […]