११ बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

आईओई प्रवेश परीक्षाको नतिजा सार्वजनिक, कास्कीका कृतिन लामिछाने टपर

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र २३, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८१/०८२ को लागि लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिवार एक सूचना जारी गर्दै आईओईले स्नातक (बीई/बीआर्क) तहको प्रवेश परीक्षाको नजिता प्रकाशित गरेको हो ।

उक्त प्रवेश परीक्षा गत १६ देखि २२ भदौसम्म कम्प्युटर विधि मार्फत लिइएको थियो । यसपटक कुल ९ हजार ३६० परीक्षार्थी सहभागी भएकोमा कास्कीका कृतिन लामिछाने प्रथम भएको प्रवेश परीक्षा बोर्डका अध्यक्ष डा. सुरज लामिछानेले जानकारी दिए ।

यससँगै अब आईओई अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना सुरु हुनेछ । आईओई प्रवेश परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]