१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

स्वास्थ्य सेवातर्फ दुइ जनाले पाए निजामती पुरस्कार

Logo
janak dc प्रकाशित शनिबार, भाद्र २२, २०८१

काठमाडौं : उत्कृष्ट कर्मचारीतर्फ यसपटक स्वास्थ्य सेवातर्फ पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सिअहेव (छैटौँ) डा पुष्पराज रिजाल पुरस्कृत भएका छन्। उनीहरू दुवैलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो।

सरकारले निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्य समूहका दुईजना परेका छन् । वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उनीहरूलाई पुरस्कृत गरिएको हो ।

शनिबार उक्त दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीलाई पुरस्कृत गरेको छ। सर्वोत्कृष्ट निजामती पुरस्कार भने यसपटक कसैले प्राप्त गर्न सकेन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]