१३ बैशाख २०८२, शनिबार
26-04-2025 , Sat
×

NRNA मलेसियाकाे,अनाधिकृत बैठक बसि,नयाँ अध्यक्ष चयन गरेकाे भन्दै प्रेस वक्तब्य जारी

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र २२, २०८१

मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महाँसचिव टिकाराम अधिकारीले आफ्नाे स्वीकृत नलिकन सचिवले अनाधिकृत बैठक बसाली नयाँ  स्वघाेसित अध्यक्षकाे चयन गरेकाे भन्दै आपत्ति सहित प्रेस वक्तब्य जारी गरेका छन ।

दाेस्राे पक्ष राकेस प्रसाद महताे पक्षले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को   आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे थियाे ।

गत २०२३ जुलाई  २४  मा  बसेकाे संयुक्त बैठकले एनआरएनए  मलेसियाकाे आगामि २०२३/ २५ कार्यकालकालागी सहमतिका आधारमा अध्यक्ष पदमा परेका दुई  उमेदवारहरूले एक,एक बर्षकाे कार्यकाल चलाउने सहमति भएकाे थियाे ।

जस मध्यमा पहिलाे एक कार्यकालमा  विनाेद कुमार थापाले  कार्यभार समाल्ने र राकेस प्रसाद महताेले विनाेद कुमार थापालाई सहयाेग गर्दै प्रर्थम उपाध्यक्ष पदमा रहि काम गर्ने र दाेस्राे एक बर्षकाे कार्यकाल राकेस प्रसाद महताेले कार्यभार समाल्ने र विनाेद कुमार थापाले सल्लाहकारकाे भुमिका निर्बाह गर्ने सहमति भएकाे पत्र बाहिरिएकाे छ ।

त्यसैगरी महासचिव पदमा परेका दुई उमेदवार टेक बहादुर अधिकारी र बिमल कुमार राना विच सहमति भई टेक बहादुर अधिकारी महाँसचिवमा बस्ने र विमल कुमार राना सहकाेषाध्यक्षमा रहने गरी भएकाे हस्ताक्षर सहितकाे सहमति दस्तावेज सार्वजानिक भएकाे हाे ।

साेहि सहमतिकाे दस्तावेज नुरूप राकेस प्रसाद महताे पक्षधरले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को   आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे हाे  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो। सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ […]

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]