११ बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

रौतहटमा सुत्केरीको मृत्यु हुँदा बर्थिङ सेन्टरमा तोडफोड

Logo
janak dc प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

सुत्केरीको मृत्यु भएपछि रौतहटको एउटा बर्थिङ सेन्टरमा तोडफोड गरिएको छ । रौतहटको गरुडा नगरपालिका वडा नं—५ शिवनगरका स्थानीय अरबिन्दकुमार साहकी अन्दाजी २२ वर्षीया पत्नी रमिता देवीको मृत्यु भएपछि पीडित परिवारसहित स्थानीयले आक्रोश व्यक्त गर्दै बर्थिङ सेन्टरमा तोडफोड गरेका हुन्।

 

सुत्केरी हुन बिहीवार मध्यरातमा नै महम्मदपुर स्वास्थ्य चौकी पुगेकी रमितालाई बच्चा जन्मेपश्चात अत्यधिक रक्तस्राव हुनथालेपछि बर्थिङ सेन्टरले वीरगन्ज रेफर गरेको थियो तर वीरगन्जस्थित इन्डो–नेपाल अस्पतालमा पुर्‍याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए।

मृत्युपछि बर्थिङ सेन्टरका डाक्टर र कर्मचारीमाथि लापरवाहीको आरोप लगाउँदै स्थानीयले तोडफोड गरेका हुन्।

घटनाले उग्ररूप लिएर चन्द्रनिगाहपुर गौर जोड्ने मुख्य राजमार्गमा प्रदर्शनकारीहरुले करिब साढे २ घण्टाभन्दा बढी चक्काजाम गरेका थिए।

चक्काजामपछि नगर प्रमुख कन्थमनि प्रसाद कल्वारको घरमासमेत शव राख्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सुत्केरी रमिताको मृत्यु भए पनि नवजात शिशु सुरक्षित रहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय गरुडाले यस घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ। मृतकका परिवारले उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई विगत पाँच दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी हुन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल भर्ना भएरै उपचार गराइरहेकी हुन् । भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न […]

मानिकचन साह बारा:=सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ । ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो । फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत […]

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीया शर्मिला सुनार रहेकी छन् । उनलाई सुत्केरी व्यथा लागेपछि हिजो (आइतवार) अस्पतालमा भर्ना गरिएको मृतककी भाउजु चन्द्रकली सुनारले बताएकी छन् । अस्पताल भर्ना गरसकेपछि डाक्टरले विरामीको अवस्था सामान्य नै रहेको आफन्तलाई जानकारी दिएको थियो । चन्द्रकलीले भनिन्, ‘पहिला […]