०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्छन्। एनसेलले आज शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ।

ग्राहकहरुले करसहित मात्र रु १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन्। त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्दछन्।

सरकारबाट टिकटकको प्रयोग÷पहुँचमा लगाईएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो। यसको मतलब अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन्।

“नेपालमा औद्यी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,” एनसेलका चिफ कमर्शीयल अफिसर, उमेर मोहसीनले भने, “हामीले आजैबाट लागु हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं। यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं।”

एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरु प्रदान गर्दै आएको छ। बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरु बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन्।

त्यस्तैगरी, सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरुमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन्। सधैं अन अनलिमिटेड प्याकहरु अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ। यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१÷०५÷०६ गतेको बैठकबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको थियो। यो निर्णय पश्चात नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिईसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]