नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लिन खोजेको अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए संगै नेपाललाई उहाँको सरकार भन्दा धेरै राम्रो बनाउदै लग्ने हाम्रो श्रीलंका र बंगलादेशको जस्तो अवस्था कहिले नआउने कुरा । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बताएका छन ।
पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए ।राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताएका छन् । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट गरे ।
मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो । फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए । उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ? पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे ।