१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

अमेरिकाको मेरील्यान्डमा एक नेपाली युवक मृत भेटिए

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र १७, २०८१

काठमाडौँ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ ।

उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ ।

मृत्युको कारण पत्ता नलागेको बताइएको छ । यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]