०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

पुर्व जनमुक्ति सेना समेत रहेका अछामका भक्त साउँदको मलेसियामा निधन

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र १७, २०८१

मलेसिया  : अछामका एक युवकको मलेसियामा निधन भएको छ। रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका-७ का भक्त साउँदको निधन भएको हो।

४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए, र बिहान ओछ्यानमै मृत भेटिएका थिए। उनी आउँदो बडादसैंमा घर फर्कने योजनामा थिए र अगस्ट ३१ तारिख राति ९ बजे मात्र श्रीमतीसँग कुराकानी गरेका थिए। उनको मृत्युको खबर परिवारले हिजाे  बिहान मात्रै पाएको छ।

भक्त साउँदले विगतमा तत्कालीन जनयद्वमा  जनमुक्ति सेनामा कार्यरत थिए। विगत ६ वर्षदेखि उनी मलेसियामा एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्दै  आएका थिए। उनका २ छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन्।

उनको शव नेपाल ल्याउन आवश्यक कागजात पठाइसकिएको र प्रक्रिया अगाडि बढिरहेको जानकारी उनका आफन्त मोहन साउँदले दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]