काठमाडौँ । ६३ उपसचिवसहित ७० कर्मचारीको सरुवा सरुवा गरिएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै मन्त्रालय मातहत विभिन्न निकायमा कार्यरत ६३ उपसचिव र ७ जना अधिकृतको सरुवा गरेको हो ।
मन्त्रालयले इन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) र राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) सात कर्मचारीको सरुवा, पदस्थापन तथा काजमा खटाएको हो ।