दैलेखमा जन्मदर्ता प्रमाणपत्र बनाउने प्रक्रियामा झन्झट थपेको भन्दै वडासचिवमाथि कुटपिट र दुर्व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडासचिव गोपीप्रसाद जैसीलाई दुर्व्यवहार गर्ने त्यही वडाका २३ वर्षीय हिक्मत शाही ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
२३ वर्षको युवकले अहिलेसम्म किन जन्मदर्ता नबनाएको वा बन्न सकेन भन्ने विषयमा वडाका जनप्रतिनिधिसमेतको रोहबरमा सर्जिमिन मुचुल्का बनाउनुपर्छ भनेपछि आफूमाथि कुटपिट भएको वडासचिव जैसीले बताउनुभयो ।
जाँड–रक्सी खाएर आएका व्यक्तिले कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेका चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर शाहीको भनाइ छ ।